कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

न्युज कारखाना  |  समाचार  |  भदौ १४, २०७८

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं- ३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन् । 

थापाले आफूले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे । इन्दारीपूर्वक प्रयत्न गरेर संभव भएसम्म सर्वसम्मत बनाउन प्रयत्न गर्ने उनको भनाइ थियो । 

१३औँ महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । पहिला दाङबाट उम्मेदवारी घोषणा गर्दा चुकेको थापाको भनाइ छ ।