मिर्गाैला प्रत्यारोपण गरेर फर्किए झलनाथ, माधव पुगे लिन

मिर्गाैला प्रत्यारोपण गरेर फर्किए झलनाथ, माधव पुगे लिन

न्युज कारखाना  |  समाचार  |  भदौ १४, २०७८

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौैैला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका छन् । 

भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपराह्न स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । 

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

एमाले  एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।