माधव नेपालको पार्टी कार्यालय अन्योल : मीनभवन कि बबरमहल ?

माधव नेपालको पार्टी कार्यालय अन्योल : मीनभवन कि बबरमहल ?
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टी गठन भएको एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेट्न सकेको छैन । 

निर्वाचन आयोगमा दल दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि बानेश्वरको अर्याल होटल र होटल छेउको एउटा स्कुलबाट पार्टी सम्पर्कको काम हुँदै आएको छ । 

बानेश्वर आसपास कार्यालय नभेटेपछि यतिबेला बबरमहल र बिजुलीबजारबीचको आर्क ब्रिज नजिकै रहेको एउटा कम्पाउन्डसहितको ३ तले घरमा कार्यालय राख्ने विषयमा कुराकानी भइरहेको सो पार्टीका नेताहरूले बताएका छन् । उक्त घर बबरमहलतर्फ किंग्स कलेजको छेउमै पर्छ ।

नेताहरूका अनुसार मीनभवनमा पनि एउटा घर भेटिएको छ तर टुंगो भने लागिसकेको छैन । 

अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार मंगलबार दिनभर कार्यालयका लागि मीनभवन जाने कि बबरमहल भन्ने विषय टुंगो लाग्दै छ । उनले दुवैतर्फ घर हेरिएको तर फाइनल नभएको बताए । पार्टीका नेताहरू भने बबरहमल बस्ने कि मीनभवन भन्ने विषयमा अझै अन्योल नै रहेको बताउँछन् ।