कांग्रेस महाधिवेशन : विमलेन्द्र, गगनपछि कल्याण गुरुङ उम्मेदवारी घोषणा गर्दै

कांग्रेस महाधिवेशन : विमलेन्द्र, गगनपछि कल्याण गुरुङ उम्मेदवारी घोषणा गर्दै

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

नेपाली कांग्रेसको १४औँ महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् । नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसैगरी युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन् । थापा यसअघि १३औँ महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए । 

यसै क्रममा कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि उम्मदेवारी दिने भएका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गुरुङले बुधबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताए । पार्टीमा युवाको हस्तक्षेप बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।