कांग्रेसले २१ जिल्लाकाे क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी, के हुन्छ अधिवेशन ?

कांग्रेसले २१ जिल्लाकाे क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी, के हुन्छ अधिवेशन ?

न्युज कारखाना  |  समाचार  |  भदौ १६, २०७८

सत्तारुढ नेपाली कांग्रेसका सबै वडा अधिवेशन १८ भदौमा नै सम्पन्न नहुने निश्चित भएको छ । पार्टीको क्रियाशील सदस्यता छानबिनको काम समयमै नसकिएपछि सबै वडाको अधिवेशन १८ गते नै असंभव देखिएको हो ।

वडा अधिवेशनको मिति आउन २ दिन मात्रै बाँकी रहँदासम्म २१ वटा जिल्लाको क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी छ । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबारसम्म क्रियाशील सदस्यता विवाद टुंगिएका जिल्लामा १८ गते नै वडा अधिवेशन गर्न सकिने बताए ।

‘हिजोसम्म क्रियाशील सदस्यता सार्वजनिक भएका अधिकांश जिल्लामा १८ गते नै वडा अधिवेशन गर्न सकिन्छ, बाँकी जिल्लामा असंभव छ’, यादवले भने, ‘अन्य जिल्लामा सदस्यता टुंगिएपछि त्यही आधारमा वडा समितिले निर्वाचन गर्छन् ।’ यसअघि नै सदस्यता टुंगो लागिसकेका दुर्गमका केही जिल्लामा पनि १८ गते नै अधिवेशन असंभव रहेको उनले बताए ।

निर्वाचन समितिले मंगलबार थप ३ जिल्ला सुनसरी, बागलुङ र मकवानपुरको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो । ‘मंगलबार सार्वजनिक भएका जिल्लामध्ये बागलुङ अलिक टाढा हो । त्यहाँ पनि आजै प्लेनमा पोखरा हुँदै निर्वाचन अधिकृत र आवश्यक सामग्री पठाउँछौंँ’, यादवले भने, ‘त्यहाँ पनि संभवत: १८ गते नै वडा अधिवेशन हुन्छ ।’

यादवले १८ गतेदेखि वडा अधिवेशन सुरु भइसक्ने र २७ गतेभित्र क्रियाशील सदस्यता टुंगो लागेका आधारमा उपयुक्त दिनमा निर्वाचन समितिको अनुमतिमा वडा अधिवेशन गर्न सकिने बताए । क्रियाशील सदस्यता छानविन समितिका सदस्य डा. मीनेन्द्र रिजालले २१ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिलाई बुझाउने गृहकार्य भइरहेको बताए ।

‘सदस्यता विवाद चाँडोभन्दा चाँडो टुंग्याउन हामी तीव्र गतिमा काम गरिरहेका छौँ’, रिजालले भने, ‘निरन्तर काम भइरहेको छ । केही कामहरू बाँकी छन् । संभवत: चाँडै टुंग्याउँछौँ होला ।’ उनले १८ गतेदेखि वडा अधिवेशन हुँदै जाने र २७ गते पालिकाको अविधेशन अघि क्रियाशील सदस्यताको टुंगो लागेर प्रतिनिधि पठाउने काम सकिने बताए ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले काम गरिरहेको छ । समितिले क्रियाशील सदस्यको टुंगो लगाएर निर्वाचन समितिलाई बुझाउछ र समितिले पार्टीको वेबसाइटमा प्रकाशन गर्छ ।

हालसम्म क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरू:

१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बू
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (बर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
२६. रूपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कंचनपुर
३९. धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्युठान
४३. दाङ
४४. सल्यान
४५. कालीकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम
४९.  नुवाकोट
५०. धादिङ
५१. चितवन
५२. ललितपुर
५३. अर्घाखाँची 
५४. मकवानपुर
५५. सुनसरी
५६. बागलुङ 

क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी जिल्लाहरू :

१. भोजपुर 
२. धनकुटा
३. मोरङ 
४. सप्तरी 
५. सिरहा
६. डडेलधुरा
७. धनुषा
८. महोत्तरी
९. सर्लाही 
१०. पर्सा
११. रौतहट 
१२. काठमाडौं 
१३. काभ्रेपलाञ्चोक 
१४. रसुवा 
१५. सिन्धुपलाञ्चोक 
१६. कपिलवस्तु 
१७. बाँके 
१८. बर्दिया 
१९. डोल्पा 
२०. बाजुरा 
२१. कैलाली