नेपाल र भारतबीचको फुटबल खेल दर्शकले रंगशाला पुगेर हेर्न पाउने

नेपाल र भारतबीचको फुटबल खेल दर्शकले रंगशाला पुगेर हेर्न पाउने

न्युज कारखाना  |  खेलकुद  |  भदौ १६, २०७८

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् । नेपाल सरकारले २ देशबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दर्शक प्रवेशलाई स्वीकृति दिएसँगै यसको तयारी थालिएको अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । 

उनका अनुसार ५ हजार १०० दर्शक रंगशाला पुगेर खेल हेर्न सक्नेछन् । तर, दर्शकले कोरोनाविरुद्धको दुवै डोज खोप भने लगाएको हुनुपर्नेछ । यस्तै, पीसीआर रिपोर्ट भएका दर्शकलाई पनि मैदान छिर्न दिने एन्फाले बताएको छ । 

टिकट दर भने अहिलेसम्म तय भएको छैन । बैठक बसेर टिकटको दर तोक्ने तयारी एन्फाले गरेको छ । खेल भोलि बिहीबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।