उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरे

उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरे

न्युज कारखाना  |  समाचार  |  भदौ १६, २०७८

प्रदेश १ का नेकपा एमालेबाट निर्वाचित सांसदहरू उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि संघीयदेखि प्रदेशसभा सचिवालयमा सांसदहरूले आफ्नो दल रोजिरहेका छन् । 

सोहीक्रममा उनीहरू बुधबार निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रमाणपत्र हराएकाले उनीहरूले ढिलो गरी सनाखत गरेका हुन् । यसअघि ८ जना सांसदले सनाखत गरिसकेका छन् । 

दल विभाजन अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्ने समयसीमा छ ।