कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी घोषणा

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी घोषणा

न्युज कारखाना  |  समाचार  |  भदौ १६, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आसन्न १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन् ।

पत्रकार सम्मेलनमा गुरुङले नेता, कार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताए ।

यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घाेषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एक पटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन् अ। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।

कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ । वडा र पालिका तहको भने यसै महिना सम्पन्न हुँदै छ ।