एनआरएनएको अध्यक्षमा ३ जनाको उम्मेदवारी

एनआरएनएको अध्यक्षमा ३ जनाको उम्मेदवारी

न्युज कारखाना  |  विदेश  |  भदौ १७, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन् ।

अध्यक्षकी उम्मेदवार थापाले आफू आईसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवार दिने बताइन् । विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

३ जना उम्मेदवारमा तुलनात्मक रूपमा बलियो मानिएकी अमेरिका निवासी थापा आईसीसी सन् २०१९ देखि सन् २०२१ की उपाध्यक्ष हुन् । त्यसअघि थापा सन् २०१५ देखि सन् २०१७ सम्म अमेरिका एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघसंस्था हाँकेको अनुभव छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी छन् ।