‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

न्युज कारखाना  |  लोकरञ्जन  |  भदौ १७, २०७८

अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयघातबाट उनको निधन भएको हो ।

 मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । 

भरातीय मिडिया एबीपीका अनुसार बुधबार राती सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयघातबाट उनको निधन भएको जनाएको छ ।

उनी रियालिटी शो र सिरियलहरूमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन- १३ का विजेता हुन् ।