शेयर बजार राताम्मे, ५०.२८ अंकको गिरावट

शेयर बजार राताम्मे, ५०.२८ अंकको गिरावट

न्युज कारखाना  |  कारोबार  |  भदौ १७, २०७८

आज साताको पाँचौं दिन शेयर बजार राताम्मे भएको छ । बिहीबार शेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको शेयर बजार बिहीबार पुनः उच्चअंकले गिरावट आएको हो ।

हिजो १.१४ अंकले नेप्से बढेको थियो । आज १.६८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९२६.८९ अंकमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज शेयर बजारमा कुल एक करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेचबाट कुल ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स र लगानी समूहमा ३ अंकभन्दा माथिको गिरावट आएको छ भने बाँकी सबै समूहका सूचकहरू शून्यदेखि एक अंकको हाराहारीमा आरालो लागेका छन् । आज सबै समूह रात्ताम्मे भएका छन् ।

सबैभन्दा धेरै कमाउनेमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी छ । यो कम्पनी ३०.९० अंकले फाइदामा गएको छ । त्यस्तै, आज सबैभन्दा धेरै घाटा बेहोर्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । यो कम्पनी ७८.९० अंकले घाटामा गएको छ ।