पन्जसिर पस्यो तालिबान, लडाकु र रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान

पन्जसिर पस्यो तालिबान, लडाकु र रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान

न्युज कारखाना  |  विदेश  |  भदौ १८, २०७८

अफगानिस्तानको पन्जसिर उपत्यकामा तालिबान लडाकु र त्यहाँका विद्रोही नेसनल रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान भएको छ । काबुल कब्जामा लिए पनि तालिबान अहिलेसम्म पन्जसिर उपत्यकामा पस्न सकेको थिएन । आफ्ना लडाकु पन्जसिर उपत्यकामा पसेर फ्रन्टका सेनाविरुद्ध सशक्त कारबाही गरेको तालिबानले दाबी गरेको छ । 

तालिबानको हमलालाई  आफ्ना हजारौँ सेनाले निस्तेज बनाएको फ्रन्टले दाबी गरेको छ । फ्रन्टले पन्जसिरलाई कुनै हालतमा आफ्नो नियन्त्रणबाहिर जान नदिने बताउँदै आएको छ । पन्जसिर विद्रोहलाई पूर्वउपराष्ट्रपति अमरुल्लाह सलेस, अफगान सुरक्षा फौजका पूर्वसदस्य तथा स्थानीय जनजाति नेता अहमद मसुदको समर्थन छ ।

पन्जसिर उपत्यकामा यसअघि पनि स्वदेशी र विदेशी सेनाले हमलाको प्रयास गरेका थिए । तर, पन्जसिर सतिसालझैँ उभियो । सन् १९८० को दशकको सोभियत आक्रमण र सन् १९९० को दशकमा भएको तालिबानको हमलालाई मसुदका बाबुले निस्तेज पारिदिएका थिए ।