एनएमबि क्यापिटलका २ म्युचुअल फन्डकाे मूल्य समायोजन

एनएमबि क्यापिटलका २ म्युचुअल फन्डकाे मूल्य समायोजन

न्युज कारखाना  |  कारोबार  |  भदौ १८, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका २ फन्डको एकाई मूल्य समायोजन गरेको छ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्ड एल १ को एकाई मूल्य समायोजन गरेको हो ।

शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन गरेको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को २० प्रतिशत नगद लाभांश समायोजन गरेको छ । समायोजनपछि एनएमबि ५० को १२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य ११ रुपैयाँ ८० पैसा कायम भएको छ ।