यामाहाको दशैँ-तिहार अफर : एक लाख नगददेखि 4 तोलाको सुनको एक्कासम्म

यामाहाको दशैँ-तिहार अफर : एक लाख नगददेखि 4 तोलाको सुनको एक्कासम्म

न्युज कारखाना  |  कारोबार  |  भदौ १८, २०७८

यामाहा मोटरसाइकल तथा स्कुटरहर"को आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले ग्राहकका लागि दशैँ-तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना ‘रेस फर द एस अफर’ सुरु गरेको हो ।

यो अफर यही १६ भदौदेखि यामाहा बाइक तथा स्कुटरको खरिदमा लागू गरिएको छ । योजनाअन्तर्गत उपभोक्ताहरूले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सकिनेछ । लक्की ड्रमा हरेक साता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्नेछन् ।

कम्पनीले विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा बढी अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।

नेपालभरका सबै यामाहा शोरुमहरूमा संचालित देशव्यापी उपहार योजनाका बारेमा जानकारी दिँदै एमएडब्लूका बजार प्रबन्धक राजु क्षेत्रीले भने, ‘हामी सधैँ उपभोक्ताहरूका लागि उत्साहजनक योजना तथा सेवाहरू उपलब्ध गराउन तत्पर रहन्छौँ, यसै सन्दर्भमा यस पटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्ता समक्ष पेस गरेका छौँ ।’