सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

न्युज कारखाना  |  कारोबार  |  भदौ २०, २०७८

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएकामा चालू साताकाे पहिलाे दिन आइतबार ६०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७८ हजार १५ रुपैयाँ कायम भएको छ । 

त्यसैगरी महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम गरेको छ । यस्तै, चाँदी प्रति १० ग्रामको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।