नेकपा (एस)मा ५ सदस्यीय स्थायी कमिटी गठन, वामदेव परेनन्

नेकपा (एस)मा ५ सदस्यीय स्थायी कमिटी गठन, वामदेव परेनन्

न्युज कारखाना  |  समाचार  |  भदौ २०, २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतम अटाउन सकेनन् । नेकपा एमालेबाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा ५ सदस्यीय स्थायी कमिटी बनाउँदा गत शुक्रबार नेकपा एमाले परित्याग गरेका गौतम अटाउन नसकेका हुन् ।  

नेकपा (एस_ले जारी गरेको अन्तरपार्टी निर्देशन- १ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने,  डा. वेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरेको जानकरी गराएका छन् । तर, नेकपा (एस)मा प्रवेश गर्न लागेका गौतमलाई भने अन्तरपार्टी निर्देशनमा स्थायी कमिटीमा राखिएको छैन ।

‘पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नका निम्ति अध्यक्ष कमरेड माधवकुमार नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहनुभएका कमरेडहरू मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहनुभएको स्थायी कमिटी गठन गरिएको छ’, अपानिमा उल्लेख गरिएको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी भने गंगालाल तुलाधरले पाएका छन् ।