शेयर बजार ओरालो लागेपछि गभर्नर अधिकारीको राजीनामा माग

शेयर बजार ओरालो लागेपछि गभर्नर अधिकारीको राजीनामा माग

न्युज कारखाना  |  कारोबार  |  भदौ २०, २०७८

शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरूले गभर्नरको राजीनामा माग गरेका हुन् । 

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रूपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोड रुपैयाँको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि सारेको छ ।

लगानीकर्ताहरूले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै अधिकारीलाई हटाउन दबाब दिएका हुन् ।