सांसदहरूलाई सदनमा उपस्थित हुन संसद सचिवालयको सूचना

सांसदहरूलाई सदनमा उपस्थित हुन संसद सचिवालयको सूचना

न्युज कारखाना  |  समाचार  |  भदौ २१, २०७८

संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गरेको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ भदौ बुधबारका लागि दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को अधिवेशन शनिबार आह्वान गरेकी थिइन् ।  

सांसदहरूलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे उपस्थित हुन भनिएको छ ।