शेयर बजारमा १६१.९४ अंकको वृद्धि

शेयर बजारमा १६१.९४ अंकको वृद्धि

न्युज कारखाना  |  कारोबार  |  भदौ २१, २०७८

आज साताको दोस्रो कारोबार दिन शेयर बजारमा उछाल आएको छ । हिजो ५ प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । 

आजको बजार २ हजार ९९०.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज २२४ वटा कम्पनीको १७ करोड ९ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहको छ, जसको कारोबार ४६ करोड ३ लाख ९१ हजार ४५६ रुपैयाँ भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा हिमालय डेयिटलरी कम्पनी रहेको छ, जसको कारोबार २६ करोड ८८ लाख ९६ हजार ३१३ रुपैयाँको कारोबार भएको छ । 

यता, शेयर बजारमा भने वृद्धि हुने क्रम जारी छ । आज सबै समूहका सूचकांकहरूमा हरियाली छाएको छ । आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहका उपसूचांकहरूमा ९ प्रतिशतभन्दा धेरैको सुधार भएको छ भने अन्य समूहको उपसूचकांकमा ८ प्रतिशतभन्दा धेरैको सुधार भएको छ । त्यस्तै, म्युच्युअ फण्ड समूहको सूचकमा एक प्रतिशतभन्दा बढीको मात्र सुधार आएको छ भने बाँकी सबै समूहको उपसूचकांकमा ३ देखि ५ प्रतिशतसम्मको मात्र सुधार भएको छ । 

आज सबैभन्दा धेरै नाफा कमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस हाइड्रोपावरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, आज घाटा बेहोर्नेमा नेपाल इन्भेष्टमेन्ट डिभेन्चर २०८२ का लगानीकर्ता रहेका छन् । यो कम्पनी १.९४ अंकले घाटामा गएको छ । 

शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए ।

संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रूपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोड रुपैयाँको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग अघि राखेको जनाएको छ । 

लगानीकर्ताको प्रदर्शनपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई शेयर बजारमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएपछि उकालो लागेको हो ।