युनिलिभर नेपालले लाभांश बढायो, प्रतिशेयर ६५० रुपैयाँ प्रस्ताव

युनिलिभर नेपालले लाभांश बढायो, प्रतिशेयर ६५० रुपैयाँ प्रस्ताव

न्युज कारखाना  |  कारोबार  |  भदौ २२, २०७८

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/०७८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको २१ भदौमा बसेको संचालक समितिको बैठकले गत आवबाट शेयरधनीलाई प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवमा प्रतिशेयर १०० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । लगानीकर्ताले प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र पाउनेछन् ।

कम्पनीले लाभांश वितरण र साधारणसभाका लागि भनेर २५ असोजमा बुक क्लोज तोकेको छ । युनिलिभरको दोस्रो बजारमा प्रतिशेयर १९ हजार ५०० रुपैयाँ शेयर मूल्य छ ।