पीएनजीविरुद्ध नेपाल : डेब्यु खेलमै विक्रमले लिए दोस्रो विकेट

पीएनजीविरुद्ध नेपाल : डेब्यु खेलमै विक्रमले लिए दोस्रो विकेट

न्युज कारखाना  |  खेलकुद  |  भदौ २२, २०७८

पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यु गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार २ विकेट लिएका छन् । नेपालका लागि सुरुवाती दुवै विकेट डेब्यु खेलाडी विक्रमले लिएका हुन् । 

विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पीएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । 

यसअघि पहिलो बलमै विक्रमले पीएनजीका ओपर ब्याटस्म्यान टोनी उरालाई आउट गराए । 

नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । चौथो ओभर समाप्त हुँदा पीएनजीले २ विकेट गुमाएर ९ रन जोडेको छ । 

पीएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ । 

२ खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । 

आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेलेको हो । नेपालले त्रिदेशीय शृंखला २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ । 

नेपालको टोली : 

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, शरद भेषवाकर, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सर्राफ, विक्रम सोब र सन्दीप लामिछाने ।