पीएनजीविरुद्ध नेपाल : सन्दीपले दिलाए तेस्रो विकेट

पीएनजीविरुद्ध नेपाल : सन्दीपले दिलाए तेस्रो विकेट

न्युज कारखाना  |  खेलकुद  |  भदौ २२, २०७८

पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शेखको हातबाट आउट गराएका हुन् । 

यसअघि डेब्यु गरिरहेका तीव्र गतिका बलर बिक्रम सोबले लगातार २ विकेट लिए । पहिलो बलमै विक्रमले पीएनजीका ओपर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराए । दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पीएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । 

यसअघि टस जितेर पीएनजीले ब्याटिङ रोजेको थियो । १२ ओभरको समाप्तिमा पीएनजीले ३ विकेट गुमाएर ५९ रन बनाएको छ ।