पीएनजीको छैठौँ विकेट पतन

पीएनजीको छैठौँ विकेट पतन

न्युज कारखाना  |  खेलकुद  |  भदौ २२, २०७८

पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले छैठौँ विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौँ विकेट लिएका हुन् । 

कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । 

यससँगै नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर विक्रम सोब, सन्दीप लामिछाने र कुशल मल्लले समान २-२ विकेट लिएका छन् । 

यसअघि पहिलो बलमै विक्रमले पीएनजीका सुरुवाती ब्याट्सम्यान टोनी पाला उरालाई बोल्ड गराए । दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा पीएनजीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । 

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले ११ ओभर ५ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको हातबाट आउट गराएका हुन् । चौथो विकेट कुशलको नाममा रह्यो । 

कुशलले १२ ओभर ५ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । सन्दीप लामिछानेले १९ ओभरको पहिलो बलमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ विकेट लिए । सन्दीपले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन् । 

यसअघि टस जितेर पीएनजीले ब्याटिङ रोजेको थियो ।