नेप्सेमा ४४.१८ अंकको गिरावट

नेप्सेमा ४४.१८ अंकको गिरावट

न्युज कारखाना  |  कारोबार  |  भदौ २२, २०७८

साताको तेस्रो दिन म‌ंगलबार शेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ४४.१८ अंकले घटेर बन्द भएको हो । 

सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेका अनुसार २२४ वटा कम्पनीका एक करोड ५० लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज २ वटा समूहका सूचकबाहेक बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै होटेल एण्ड टुरिजम समूहको शेयर मूल्य ओरालो लागेको छ । यस समूहको शेयर मूल्य आज २.९९ प्रतिशतले घटेको छ ।

यस्तै, सबैभन्दा धेरै कमाउनेमा सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । यो कम्पनी १० प्रतिशतले फाइदामा गएको छ ।

त्यस्तै, आज सबैभन्दा बढी घाटा बेहोर्नेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।