वामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

वामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

नेकपा एमाले परित्याग गरेर हिँडेका वामदेव गौतमकी श्रीमती तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छन् । आजदेखि सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा एमालेले दलको बैठक बोलाएको थियो । बैठक जारी छ ।