राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

राष्ट्रियसभाको बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस हुने भएको छ । 

संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो । यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । 

सो बैठकपछि सार्वजनिक गरिएको राष्ट्रियसभाको बुधबारको बैठकको संभावित कार्यसूचीमा सो अध्यादेश र संविधानसभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । 

यसअघि बैठकको सुरुमै अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा वाचन गरेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।