नेपालविरुद्ध बंगलादेश : खेल समय परिवर्तन, दर्शकले रंगशालामै हेर्न पाउने

नेपालविरुद्ध बंगलादेश : खेल समय परिवर्तन, दर्शकले रंगशालामै हेर्न पाउने

न्युज कारखाना  |  खेलकुद  |  भदौ २३, २०७८

 

नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको २ मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । 

 

नयाँ समयअनुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि (बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदै छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारण गरेको खेल समयलाई परिवर्तन गरेको हो । 

दशरथ रंगशालामा हुने दुवै खेल साँझ ५ बजेका लागि सारिएको छ । यसअघि एन्फाले दुवै खेल साँझ ५:३० मा हुने जनाएको थियो । 

नेपाल र बंगलादेशबीचको दुवै खेल फिफा विन्डोजमा पारेर आयोजना हुँदै छ, जुन खेलले फिफा वरियतामासमेत प्रभाव पार्नेछ । 

यस्तै, एन्फाले दुवै खेलको लागि दर्शकलाई रंगशालामा प्रवेश दिने भएको छ । खेलको भीआईपीतर्फको टिकट ५०० रुपैयाँ रहेको छ भने सामान्यतर्फको टिकट दर २०० रुपैयाँ रहेको छ ।