सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव !

सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव !

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

सिंहदरबारमा सुरु भएको सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन् । 

बैठकमा सहभागी हुन सिंहदरबार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिले बैठकस्थलमा छन् । 

एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे बैठक चल्न नदिने चेतावनी दिएपछि सत्ता गठबन्धन दलको बैठक सिंहदरबारमा सुरु भएको हो । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको ती नेताले बताए । 

बैठकले अपराह्न ४ बजे बस्ने संसद बैठकमा कसरी प्रस्तुत हुने भनेर सामूहिक धारणा बनाउने ती नेताको भनाइ छ । 

बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस)का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीका साथै ती दलका संसदीय दलका सचेतकहरूको समेत सहभागिता छ ।