एकीकृत समाजवादीले एमालेको प्रतिवाद गर्ने

एकीकृत समाजवादीले एमालेको प्रतिवाद गर्ने

न्युज कारखाना  |  समाचार  |  भदौ २३, २०७८

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

संघीय संसदको नवौँ अधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ जना सांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य पारेका बेला एकीकृत समाजवादीले प्रतिवाद गर्ने भएको हो ।

एमालेको संसदीय दलको बैठकले पनि कारवाही गरिएका माधव नेपालसहित १४ जना सांसद संसदमा सहभागी भए बैठक चल्न नदिने निर्णय गरेको थियो ।

उक्त निर्णयमा प्रतिक्रिया जनाउँदै समाजवादीका नेता विरोध खतिवडाले सदनमै जबाफ दिने चेतावनी दिए । 'हाम्राबारेमा केपी ओलीले उठाएका प्रश्नबारे सभामुखसँग समय लिएर प्रतिवाद गर्ने निर्णय भएको छ', खतिवडाले भने ।

समाजवादीले संसद बैठकमा संयमित रूपमा सहभागी हुने र एमालेले निहुँ खोजे प्रतिवाद गर्ने जनाएको छ ।