एमसीसी उपाध्यक्ष काठमाडौंमा

एमसीसी उपाध्यक्ष काठमाडौंमा

न्युज कारखाना  |  समाचार  |  भदौ २४, २०७८

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । 

उनको ४ दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् ।

नेपालमा एमसीसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

‘एमसीसी सैन्य रणनीतिअन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने' भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जबाफ फर्काएको थियो । 

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना विभिन्न राजनीितक दल र समूहको विरोधका कारण अझै अगाडि बढ्न सकेको छैन ।