टेनिस टोली पाकिस्तान जाने

टेनिस टोली पाकिस्तान जाने

न्युज कारखाना  |  खेलकुद  |  भदौ २४, २०७८

आईटीएफ एसिया १२ एण्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ५ जना खेलाडीसहित ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामावाद जाँदै छ ।

१३-१५ सेप्टेम्बरमा हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ जना खेलाडीले भाग लिनेछन् । पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्सिल श्रेष्ठ तथा महिलामा सिभाली गुरुङ र मान्सा कँडेल छन् । प्रशिक्षकमा कृष्णराज घले छन् ।

अभिभावकहरू विमला भण्डारी क्षेत्री, रोविन जोशी, नवीन श्रेष्ठ, सीमान्त गुरुङ र पर्शुराम कँडेल पनि टोलीसँगै पाकिस्तान जानेछन् ।

उक्त प्रतियोगिता २२ नोभेम्बरदेखि ताजकिस्तानमा हुने एसिया १२ एण्ड अण्डर टिम कम्पिटिसनको फाइनलका लागि दक्षिण एसियाली छनोटका रूपमा रहेको छ । पुरुष/महिलामा शीर्ष २ स्थान हात पार्ने राष्ट्रले ताजाकिस्तानको यात्रा सुनिश्चित गर्नेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले बिहीबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाई गरेका छन् ।