तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार ४०० को हातमा १० कित्ता

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार ४०० को हातमा १० कित्ता

न्युज कारखाना  |  कारोबार  |  भदौ २५, २०७८

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) शेयर बाँडफाँट भएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्र सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले ९ देखि १३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निश्कासन गरेकाे थियो । हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ निश्कासनपश्चात चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।