संसद बैठकमा सभामुख सापकोटा र सांसद प्रेम सुवालबीच सवालजबाफ

संसद बैठकमा सभामुख सापकोटा र सांसद प्रेम सुवालबीच सवालजबाफ

न्युज कारखाना  |  समाचार  |  भदौ २५, २०७८

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरिरहेका छन् । 

सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले समय दिए । 

तर, सांसद सुवालले प्रतिपक्षी दलको विरोध भइरहँदा आफूले प्रस्ताव पेस गर्न नसक्ने भन्दै रोष्टममा उभिएर प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरे । 

त्यसपछि सभामुख सापकोटाले प्रस्ताव फिर्ता लिएको हो कि प्रस्तुत गरेको स्पष्ट गर्न भने । यसपछि सांसद सुवालले आफूले प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरेको बताए । यसरी सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजबाफ भयो । 

अहिले एमाले सांसदको नाराबाजीका बीच सभामुख सापकोटाले बैठकलाई अघि बढाइरहेका छन् ।