एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे ३ हजार प्रतिनिधि

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे ३ हजार प्रतिनिधि

न्युज कारखाना  |  समाचार  |  भदौ ३०, २०७८

नेकपा एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५-१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदै छ ।

एमालेले बुधबार दिउँसो सामाजिक संजालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब ३ हजार प्रतिनिधिको टुंगो लगाएको हो ।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिमा १. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य २. अनुशासन आयोगका पदाधिकारी र सदस्य ३. लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य ६. सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य ९. विशेष कमिटीका पदाधिकारी र सदस्य १०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य ११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य १२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना १३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य १४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य १५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख १६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन् ।