बेलायती कम्पनीले मुगाबेलाई दिन्थे लाखौँ डलर घुस

बेलायती कम्पनीले मुगाबेलाई दिन्थे लाखौँ डलर घुस

एजेन्सी  |  विदेश  |  भदौ ३०, २०७८

बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँ डलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो ।

सन् २०१३ मा मुगावेको जानु-पीएफ पार्टीलाई ५ लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिस अमेरिकन टोब्याको (व्याट) संलग्न रहेको थियो । व्याटले दक्षिण अफ्रिकामा घुस दिने र प्रतिद्वन्द्वीलाई क्षति पु-याउन गैरकानुनी ढंगले निगरानी गरेको थियो ।

तर, व्याटले आफ्नो कम्पनीको आचरण उच्च राख्न प्रतिबद्ध भएको जनाएको छ ।

आर्थिक अनियमित, ठगी र हिंसाका कारण मुगावेको ३७ वर्ष लामो शासनकाल ओझेलमा पारेको थियो । सन् २०१७ मा सत्ताच्यूत गरिएका मुगावेको सन् २०१९ मा मृत्यु भएको थियो ।

खोज पत्रकारिता व्युरो र बाथ विश्वविद्यालयको संयुक्त अनुसन्धानमा बीबीसीले आर्थिक हिनामिनाबारे चुहावट भएका हजारौँ कागजात प्राप्त गरेको जनाएको छ । व्याटले दक्षिण अफ्रिकामा झन्डै २०० गोप्य सूचनादाताको संजाल स्थापना गरेको अनुसन्धानमा देखिएको छ । अधिकांश सूचना दक्षिण अफ्रिकी निजी सुरक्षा कम्पनी फर्सेनिक सेक्युरिटी सर्भिसबाट प्राप्त भएका थिए ।