माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन् : बादल

माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन् : बादल

न्युज कारखाना  |  समाचार  |  भदौ ३१, २०७८

एमालेका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा 'बादल'ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे ।

'चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षड्यन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौँ । पुनर्स्थापित हुने दिशामा अघि बढ्नेछौँ', उनले भने ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे । 'उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं', उनले भने ।