'प्रचण्ड र माधव मिलेर २ पटक पार्टी फुटाए'

'प्रचण्ड र माधव मिलेर २ पटक पार्टी फुटाए'

न्युज कारखाना  |  समाचार  |  भदौ ३१, २०७८

नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले २ पटक पार्टी विभाजन गरेको आरोप लगाएका छन् । 

काठमाडौंमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको इर्ष्या र स्वार्थले पार्टी लथालिंग बनाएको आरोप पनि लगाए ।

‘कम्युनिस्ट एकतालाई एक पटक प्रचण्डले फुटाए, अर्काे पटक माधवकुमार नेपालले फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’

तर, एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उनको भनाइ छ । परमादेशबाट होइन, अब एमालेले जनादेशबाट सरकार बनाएर देखाउने ओलीको दाबी छ ।