'चिलेटेिङ थेरापी': शरीरका विषाक्त तत्त्व निश्कासन गर्ने सर्वसुलभ लसुन र धनियाँ

'चिलेटेिङ थेरापी': शरीरका विषाक्त तत्त्व निश्कासन गर्ने सर्वसुलभ लसुन र धनियाँ

ज्ञानमित्र  |  दृष्टिकोण  |  आश्विन ३, २०७८

इरानको एउटा ब्याट्री बनाउने कारखानामा कार्यरत कर्मचारीहरूमा एउटा 'क्लिनिकल ट्रायल' गरियो । त्यस कारखानाका कर्मीहरूको रगतमा 'ह्याभी म्याटेरियल्स' रहेको पुष्टि भइसकेको थियो । विभिन्न किसिमका सामग्री उत्पादन गर्ने कारखानामा काम गर्नेहरूको शरीरमा त्यहाँ प्रयोग हुने विभिन्न किसिमका रसायनमार्फत 'ह्याभी म्याटेरियल्स' पुग्ने गर्छन् ।

यो कारखाना ब्याट्री उत्पादन गर्थ्यो अर्थात् यहाँ सिसा (lead)को अत्यधिक प्रयोग हुन्थ्यो साथै अन्य विभिन्न रसायनहरूको पनि । यस कारखानामा कार्यरत ११७ जाना कर्मचारीको शरीरमा लिडका साथै अन्य 'ह्याभी म्याटेरियल्स'को उपस्थिति देखियो । यी पदार्थले शरीरमा  विभिन्न किसिमका जटिल स्वास्थ्य समस्या आउँछन् ।यसबारे भएका अनुसन्धानमा यी 'ह्याभी म्याटेरियल्स'ले क्यान्सरदेखि विभिन्न अंग बिगार्न सक्ने प्रमाणित भइसकेको छ ।

११७जना कर्मचारीलाई २ समूहमा विभाजित गरियो । एउटा समूहमा भएका मानिसलाई डी पेनिसिलियमाइन  (D-penicillamine )को निर्धारित मात्रा दिनको ३ पटक एक महिनासम्म दिइयो । डी पेनिसिलियमाइनका बारे यस लिंकमा हेर्नुहोस्- (https://en.wikipedia.org/wiki/Penicillamine)

अर्को समूहका मानिसलाई काँचो लसुनको निश्चित मात्रा दिनमा ३ पटक एक महिनासम्म खुवाइयो । अनुसन्धानको परिणाममा थाहा भयो, लसुन सेवन गरेका मानिसमा 'ह्याभी म्याटेरियल्स'को स्तर डी पेनिसिलियमाइन सेवन गरेकाहरू भन्दा निकै कम थियो । लसुन समूमा 'ह्याभी म्याटेरियल्स'को स्तर १९  प्रतिशतसम्म घटेको थियो ।

शरीरमा रहेका 'ह्याभी म्याटेरियल्स'लाई निश्कासन गर्ने ढंगलाई 'चिलेसन थेरापी' (Chelation therapy) भनिन्छ । चिलेन्ट्स (chelants), चिलेटर्स (chelators), चिलेटिङ एजेन्ट्स (chelating agents) अथवा सिक्वेस्टरिङ एजेंट्स  (sequestering agents) आदि नामले चिनिने यी यस्ता रसायन हुन्, जसले शरीरमा रहेका 'ह्याभी म्याटेरियल्स'को बान्डिङलाई भत्काएर तिनलाई शरीरबाट बाहिर निकाल्छन् । इच्छुक पाठकले यी लिंकमा हेरे हुन्छ - https://en.wikipedia.org/wiki/Chelation_therapy/https://en.wikipedia.org/wiki/Chelation  

लसुन यस्तै एउटा प्राकृतिक चिलेटिङ एजेन्ट्स हो । यसमा  लिड,  कैडमियम, मरकरी  जस्ता 'ह्याभी म्याटेरियल्स'को बान्डिङ भत्काएर तिनलाई शरीरबाट बाहिर निकाल्ने क्षमता हुन्छ । लसुनका ३-४ वटा पोटीलाई केहीले थिचेर (याद राख्नुहोस्, काटेर होइन) ५-७ मिनेटपछि सेवन गर्दा यसले शरीरमा रहेका विषाक्त 'हयाभी म्याटेरियल्स' निश्कासन गर्छ । लसुनमा सल्फर कम्पाउन्ड्स हुन्छन् । लसुनमा 'ऐलिसिन' (allicin-organosulfur compound) पाइन्छ ।

थाहा पाई राख्नुहोस्, यो 'ऐलिसिन' भन्ने यौगिक लसुनलाई थिच्दा/किच्दा 'ऐलिनेज' (allinase) भन्ने एन्जाइम र एलिन (allin) भन्ने अमिनो एसिडको अन्तर्क्रियाले उत्पन्न हुन्छ । लसुनलाई काट्दा पर्याप्त मात्रामा 'ऐलिसिन' बन्न पाउँदैन ।

हानिकारक 'ह्याभी म्याटेरियल्स'मा 'लिड'का अतिरिक्त कैडमियम, मरकरी,  म्याग्निज, क्रोमियम, कोबाल्ट, निकल, कपर, जिंक, सिल्वर, एन्टीमनी, आर्सेनिक, सेलेनियम, बेरिलियम, थिलियम, हेक्सावालेन्ट  क्रोमियम  (क्याल्सियम क्रोमेट, क्रोमियम ट्राइअक्साइड, लिड क्रोमेट, स्ट्रोंटियम  क्रोमेट, जिंक  क्रोमेट) र  माइक्रोप्लास्टिक्स सम्म पर्छन् । मानव शरीरमा यी सबै क्यान्सर अर्थात् अर्बूद राेगका कारक हुन् । 'ह्याभी म्याटेरियल्स'बारे विस्तृत छानबिन यस लिंकमा गर्न सकिन्छ- https://en.wikipedia.org/wiki/Toxic_heavy_metal

लसुनका अतिरिक्त प्राकृतिक 'चिलेसन थेरापी'का रूपमा अन्य 'चेलेटर्स', 'चेलटिङ एजेन्ट्स' पनि छन् । सामान्यतया लसुन सेवनमा कुनै 'साइड इफेक्ट' रहेको मानिँदैन तर आयुर्वेदले यस कुरामा विश्वास गर्दैन । आयुर्वेदका अनुसार कतिपय मानिसको प्रकृतिअनुसार उसले लसुन सेवन गर्नु विष सामान नै हुन्छ । अतः  कुनै वैद्य अथवा आयुर्वेदाचार्यलाई आफ्नो नाडी छाम्न लगाई परामर्श लिएपछि मात्र लसुन सेवन गर्नुहोला ।

मैले चिनेका एक जना वैद्य सिनामंगलस्थित पाथिभरा आयुर्वेदका बीपी तिमिल्सिनाजी हुनुहुन्छ । उहाँसँग सम्पर्क गरी लसुन सेवनबारे जानकारी लिन सकिन्छ ।

तपाईंहरूलाई अन्य प्राकृतिक 'चेलेटिङ एजेन्ट्स'बारे जान्ने तीव्र इच्छा भइरहेको होला । 'सिलान्ट्रो' (cilantro) गजबको 'हयाभी म्याटेरियल्स डिटोक्सिफिकेसन' गर्ने वस्तु हो । सोझै धनियाँको पात, हरियो धनियाँ लेखेको भए सभ्रान्त वर्गलाई विश्वास लाग्न कठिन हुन्छ । 'सिलान्ट्रो'ले उनीहरूलाई विश्वास गर्न सहज हुन्छ । धनियाँ पातको कम्पोजिसन हेर्नुहाेस्-

Nutritional value per 100 g (3.5 oz)

Energy 95 kJ (23 kcal)
Carbohydrates 3.67 g
Sugars  0.87  g
Dietary fiber  2.8 g
Fat  0.52 g
Protein  2.13 g

Vitamins Quantity

Vitamin A equiv. 337 μg
beta-Carotene 393 μg
lutein zeaxanthin  865 μg
Thiamine (B1) 0.067 mg
Riboflavin (B2) 0.162 mg
Niacin (B3) 1.114 mg
Pantothenic acid (B5) 0.57 mg
Vitamin (B6 )  0.149 mg
Folate (B9) 62 μg
Vitamin C 27 mg
Vitamin E  2.5 mg
Vitamin K  310 μg

Minerals Quantity

Calcium 67 mg
Iron  1.77 mg
Magnesium  26 mg
Manganese  0.426 mg
Phosphorus  48 mg
Potassium  521 mg
Sodium  46 mg
Zinc 0.5 mg
Water 92.21 g

धनियाँको पात कुनै दुर्लभ वस्तु होइन । जहाँ पनि सजिलै उपलब्ध हुने वस्तु हो । प्रत्येक नेपाली गृहिणीलाई हरियो धनियाँको उपयोग कसरी र कति किसिमले गर्न सकिन्छ, यो भनिरहनुपर्दैन । जो कोहीले घरमा लसुन र धनियाँको पात सेवन गरेर आफ्नो शरीरलाई निर्मलीकरण गर्न सक्छ ।

कोरोना भ्याक्सिनसम्म

कोरोना भाइरसविरुद्ध बनेका भ्याक्सिनको समर्थन वा विरोध गर्नुको कुनै औचित्य छैन ।अहिले स्वेच्छिक भए पनि निकट भविष्यमै यो सबैका लागि अनिवार्य हुन्छ । भ्याक्सिनमा केही हानिकारक 'ह्याभी म्याटेरियल्स'को प्रयोग भएको हुन्छ । यिनका बारे विस्तृत लेखेर म सामाजिक अपराधमा सहभागी हुन चाहन्नँ । इच्छुकले आफैँ इन्टरनेटमा सर्च गरे सजिलै थाहा पाउन सकिन्छ कि भ्याक्सिनमा के र कुन कुन रसायन र तत्त्व प्रयोग गरिएका हुन्छन् । भ्याक्सिन लाउनेहरूको शरीरमा यी 'ह्याभी म्याटेरियल्स डिपोजिट' भएर बस्न सक्छन्, जुन कालान्तरमा अनेका समस्याका कारक बन्न सक्छन् ।

माथि वर्णित २ 'चिलेटिङ एजेन्ट्स'का अतिरिक्त 'क्लोरेला' (chlorella) पनि यस कार्यका लागि अतिउपयोगी वनस्पति हो । यसको सजिलो नाम पानीमा लाग्ने लेउ अथवा शैवाल (single-celled green algae) हो । यसबारे थप अध्ययन यस लिंकमा गर्न सकिन्छ- https://en.wikipedia.org/wiki/Chlorella

'क्लोरेला' होस्, 'सिलान्ट्रो' होस् अथवा 'गार्लिक', यी ३ वटै वस्तु 'सुपर चिलेटिङ एजेन्ट्स' हुन् । तर, यीमध्ये कसैको पनि प्रयोग गर्नुभन्दा पहिला कुनै आयुर्वेदाचार्यको परामर्श लिनु आवश्यक हुन्छ । जस्तो कि क्लोरेलाको प्रयोग रगत पातलो गर्ने औषधि सेवन गरिरहेका वा गर्भवती महिलाले गर्नुहुँदैन । साथै, डिटोक्सिफिकेसनका लागि यी वस्तु सेवन गरिरहँदा ब्राउन राइस, माछा, अल्कोहल, प्याकेजिङ फुड, प्रोसेस्ड फुड, ननअर्गानिक फुड ग्रहण नगरे उत्तम हुनेछ ।

शरीरमा रहेका 'ह्याभी म्याटेरियल्स' बिच्छेदित गरी मल मूत्रबाट निश्कासन गर्न उपरोक्त विधि ३ महिनासम्म अनवरत गर्नुपर्ने हुन्छ । हुनत आयुर्वेदले यसको समाधान खोजिसकेको छ । आयुर्वेदिक औषधिको सेवनले १५ दिनमै शरीर निर्मलीकरण हुन्छ । तर, आयुर्वेदिक औषधिको मूल्य झण्डै २ हजार रुपैयाँ पर्न जान्छ । क्लोरेला पाउडर, ट्याब्लेट अथवा क्याप्सुल तपाईंले किन्नु पर्ने हुन्छ तर धनियाँको पात र लसुन त तपाईंहरूको घरमै उपलब्ध हुने कुरा हुन् । कुनै वैद्यसँग परामर्श गरी ३ महिनासम्म यिनको सेवन गरे कुनै अतिरिक्त व्यय हुँदैन । ३ महिनासम्म गर्न झन्झट लागे २ हजार रुपैयाँ खर्च गरेर आयुर्वेदबाट लाभान्वित हुन सकिन्छ ।

यो न ठान्नुहोस् कि कुनै हानिकारक रसायन प्रयोग हुने कारखानामा काम गर्ने अथवा भ्याक्सिनका माध्यमबाट मात्र तपाईंको शरीरमा 'ह्याभी म्याटेरियल्स' प्रवेश गर्छन् । तपाईंले सेवन गर्ने विभिन्न किसिमका चाउचाउबाटै पर्याप्त मात्रामा 'लिड' जस्ता तत्त्व तपाईंको शरीरमा 'स्टोर' भइरहेका छन् ।

तपाईंले दैनिक रूपमा खाने विभिन्न तरकारीमा प्रयोग भएका विषादी (पेस्टिसाइड्स)बाट पनि 'ह्याभी म्याटेरियल्स' शरीरमा गइरहेका छन् । अचेल दूधमै युरिया मिसाउने चलन आइसकेको छ । वातावरणमा रहेका माइक्रोप्लास्टिकका कण शरीरमा जान रोक्ने  कुनै उपाय  नै छैन । जल, थल, नभ सबै प्रदूषित भइसकेका छन् ।

क्यान्सर आमरोग भइसकेको छ । १० प्रतिशत क्यान्सर मात्र वंशाणुगत कारणले हुन्छ । ९० प्रतिशत क्यान्सरको कारण खानपान र जीवनशैली हो । उपाय एउटै छ-बेला मौकामा 'चिलेटिङ थेरापी' गरी शरीरलाई निर्मल बनाउने ।

divinitycallsyou@gmail.com