मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

न्युज कारखाना  |  विदेश  |  आश्विन ३, २०७८

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा २ करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औँ जन्मदिनको  अवसरमा एकै दिनमा २ करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिमाणको खोप हो ।

यसअघि २७ अगस्टमा एकैदिन एक करोड ३० लाखलाई खोप लगाइको थियो । 

भारतले सन् २०२१ को अन्त्यसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने उद्देश्य राखेको छ । तर, सो लक्ष्य पुरा गर्न निरन्तर खोप अभियान चलाइनुपर्ने विज्ञहरूको जोड छ । 

तीन थरिका कोभिड खोप गरी अहिलेसम्म ७९ करोड भारतीयले पूर्णखोप लगाएका छन् । त्यस्तै, ५९ करोड भन्दाबढीले कोभिडको पहिलो डोज लगाएका छन् । तर, गत ज्यानुअरीमा खोप अभियान सुरु भएपछि जम्मा २० प्रतिशत बयस्कले खोप लगाएका छन् ।
 
भारतमा अहिलेसम्म ३ करोड भन्दाबढी कोरोनाबाट संक्रमित भइसकेका छन् । विश्वमा अमेरिकापछि भारत कोभिडबाट सवैभन्दा बढी प्रभावित छ । भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४० हजारको मृत्यु भइसकेको छ ।