ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

न्युज कारखाना  |  खेलकुद  |  आश्विन ३, २०७८

आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो ।

नेपाली टिममा ओमानविरुद्ध २ खेलाडी परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्सन झा र अर्का खेलाडी कुशल मल्ललाई बाहिर राखिएको छ । उनीहरूको स्थानमा शरद भेषवाकर र आरिफ शेखले स्थान बनाएका छन् ।

नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो ।

पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।