ओलीमाथि माधव नेपालका आरोपै आरोपका चाङ

ओलीमाथि माधव नेपालका आरोपै आरोपका चाङ

न्युज कारखाना  |  समाचार  |  आश्विन ५, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् ।

उनले आज केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई दक्षिणपन्थी चिन्तन भएका, सत्ता लिप्सा भएक र लोकतन्त्रविरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी, दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसक्ने बताएका छन् । उनले यिनै दम्भका कारण दुई तिहाइको सरकारका प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिक स्थिरता नै खल्बल्याएको आरोप पनि लगाएका छन् ।

यस्तै नेपालले केपी ओलीका कारणले नेकपाको एकता भाँडिएको र उनकै कारण नेकपा (एमाले)को एकता पनि तोडिएको बताएका छन् ।

नेकपा एकता भाँडिएको र एमाले एकता तोडिएको कारण संसदमा ओलीले बहुमत गुमाएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘संसद्मा बहुमत गुमाइसकेपछि पनि सरकारमा रहिरहने उनको सत्तालिप्सा र आफ्नो सरकार ढल्ने भएपछि असंवैधानिक ढंगले भए पनि प्रतिनिधिसभा विघटन गर्ने अलोकतान्त्रिक एवं प्रतिगामी कार्यले गर्दा मुलुक एक प्रकारको मुठभेडमा गयो’, प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र र संविधानको रक्षार्थ सडक संघर्ष र कानुनी लडाइँ गरेर प्रतिनिधिसभालाई बचाउने काम त भयो तर अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । एक प्रकारको अनिश्चितता र अन्योल कायमै छ ।’

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान रहेको उल्लेख गरेका छन् । उनका अनुसार एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच भएको धार छ, जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ भने अर्को वाम लोकतान्त्रिक समीकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका उल्लेख गरिएको छ ।

यस्ता छन् ओलीलाई लगाइएका आरोप