हैजाका कारण नाइजेरियामा ३२९ जनाको मृत्यु

हैजाका कारण नाइजेरियामा ३२९ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  आश्विन ७, २०७८

नाइजेरियाको उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको हो । 

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ वटा स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो । अरू कैयौँ बिरामी पनि परेका छन् । ती स्थानीय निकायहरूमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये धेरै निको भएका थिए । 

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्तिले अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ ।