चिनियाँ विदेशमन्त्री वाङ र राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्लाबीच वार्ता

चिनियाँ विदेशमन्त्री वाङ र राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्लाबीच वार्ता

एजेन्सी  |  विदेश  |  आश्विन ८, २०७८

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् ।

मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड- १९ महामारीविरुद्धको लडाइँमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक विविधताको संरक्षण गर्न एवं दिगो विकासलाई बढावा दिन ठूलो सहयोग गर्न आह्वान गरेका छन् ।

यस वर्ष संयुक्त राष्ट्रसंघमा चीनको जनवादी गणतन्त्रको वैधानिक सिटको पुनर्स्थापनाको ५०औं वार्षिकोत्सवको चर्चा गर्दै मन्त्री वाङले चीनको मत सधैँ विकासशील देशहरूको पक्षमा र अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको समर्थनमा हुने बताए ।

शाहिदले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १००औँ वार्षिकोत्सव र संयुक्त राष्ट्रसंघको चीनको जनवादी गणतन्त्रको वैधानिक सिट पुनर्स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा बधाई दिँदै यस सत्रको मुख्य एजेन्डालाई संयुक्त रूपमा अगाडि बढाउन चीनसँग मिलेर काम गर्ने आशासमेत व्यक्त गरे ।

उक्त अवसरमा अध्यक्ष शाहिदले बेइजिङ शीतकालीन ओलम्पिकको पूर्ण सफलताको कामना पनि गरे ।