तालिबानले दाह्री काट्न प्रतिबन्ध लगाए

तालिबानले दाह्री काट्न प्रतिबन्ध लगाए

एजेन्सी  |  विदेश  |  आश्विन ११, २०७८

तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ । हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्न प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ ।

उक्त निर्देशन उल्लंघन गरे जोकोहीलाई सजाय दिइने बताइएको छ । राजधानी काबुलका केही हजामहरूले पनि आफूहरूलाई त्यस्तै निर्देशन दिइएको बताएका छन् ।

दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले हजामहरूले कपाल र दाह्री काट्दा सरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ ।