जर्मनीको कन्सर्भेटिभ पार्टी विपक्षी बेन्चमा

जर्मनीको कन्सर्भेटिभ पार्टी विपक्षी बेन्चमा

एजेन्सी  |  विदेश  |  आश्विन ११, २०७८

जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएका छन् ।

रुढिवादीहरूका विरुद्ध चुनावी मोर्चामा पार्टीलाई विजय नजिक पुर्‍याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमत मात्र नभएर सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएका बताए ।

वर्तमान सरकारका अर्थमन्त्रीसमेत रहेका नेता स्कोल्जले उनीहरूले अब सरकारमा बस्न नमिल्ने र तुरुन्त प्रतिपक्षमा जानुपर्ने धारणा राखे ।