उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको दाबी

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको दाबी

एजेन्सी  |  विदेश  |  आश्विन १२, २०७८

उत्तर कोरियाले सोमबार एउटा आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समयसमयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो ।

जापान सरकारलाई उद्धृत गर्दै दिइएका समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।

जापान सरकारका एक अधिकारीले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पानीमा खसेको अनुमान गरिएको छ । जापानको एक आर्थिक क्षेत्र नजिकको समुद्रमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्नेबारेमा भने केही बताइएको छैन । 

यस क्षेप्यास्त्र परीक्षणका बारेमा उत्तरले भने प्रारम्भिक रूपमा कुनै जानकारी दिएको छैन । त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्नेबारेमा उसले कुनै पुष्टि गरेको थिएन ।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । उक्त क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।