सम्पादकसँग अन्तर्क्रिया गर्दै ओली

सम्पादकसँग अन्तर्क्रिया गर्दै ओली

न्युज कारखाना  |  समाचार  |  आश्विन १२, २०७८

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संचार माध्यमका सम्पादकसँग अन्तर्क्रिया गरिरहेका छन् । नयाँ बानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तर्क्रिया गरिरहेका हुन् । 

पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसद्को अवरोधलगायतका विषयमा उनले सम्पादकहरूसँग अन्तर्क्रिया गरेका हुन् । 

प्रधानमन्त्री रहँदा बालुवाटारमा २ पटक सम्पादकसँग अन्तर्क्रिया गरेका ओलीले सत्ताबाट बाहिरिएपछि पहिलो पटक अन्तर्क्रिया गरेका हुन् ।

खिमलला भट्टराई, प्रदीप ज्ञवाली, विष्णु पौडेल र योगेश भट्टराईलाई दायाँबायाँ राखेर ओलीले अन्तर्क्रिया गरिरहेका छन् ।