‘कोल्याप्स’ हुँदै अफगान बैंकिङ प्रणाली

‘कोल्याप्स’ हुँदै अफगान बैंकिङ प्रणाली

एजेन्सी  |  विदेश  |  आश्विन १३, २०७८

अफगानिस्तानको बैंकिङ प्रणाली झन्डै कोल्याप्सको अवस्थामा पुगेको छ । देशकै सबैभन्दा ठूलो बैंकका प्रमुखले यस्तो चेतावनी दिएका हुन् । इस्लामिक बैंक अफ अफगानिस्तानका प्रमुख कार्यकारी सइद मोसा कलिन अल फलहीले देशको वित्तीय उद्योग धरासायी भएको बताएका हुन् ।

‘पैसा झिक्न अहिले धेरै मानिस एटीएम धाउन थालेका छन् तर अफगानिस्तानका कुनै पनि बैंकमा पैसा छैन’, उनले भने । तालिबानले काबुल कब्जा गरेपछि हाल उनी दुबईमा छन् ।

‘बैंकबाट सबैले पैसा मात्र झिक्न खोजिरहेका छन् । अधिकांश बैंकले काम गर्ने छाडिसके । छिटफुट संचालनमा आएका बैंकले पनि पूर्ण सेवा दिन सकेका छैनन् । तालिबानले १५ अगस्टमा सत्ता कब्जा गर्नुअघि नै अफगान अर्थतन्त्र धरायसी भएको थियो ।