‘द भ्वाइस अफ नेपाल’ विजेता किरण एअरपोर्टबाटै अमेरिका ‘डिपोर्ट’

‘द भ्वाइस अफ नेपाल’ विजेता किरण एअरपोर्टबाटै अमेरिका ‘डिपोर्ट’
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  आश्विन १३, २०७८

‘द भ्वाइस अफ नेपाल- ३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । 

गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको हो ।

अमेरिकी नागरिक गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले उनलाई अमेरिका फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ । 

नेपालको अध्यागमन कानुनअनुसार अमेरिकी नागरिकले एक पटकको प्रवेशमा जम्मा १८० दिन मात्र नेपालमा बस्न पाउँछन् । गजमेरले सन् २०२१ मा सो अवधि बिताइसकेकाले उनी अब अझै ३ महिना नेपाल प्रवेश गर्न पाउनेछैनन् । 

भुटानी शरणार्थीका रूपमा झापाको शरणार्थी शिविरमा बस्दै आएका गजमेरलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०११ मा अमेरिका लगेको थियो । परिवारसहित अमेरिका बस्दै आएका गायक गजमेरले अमेरिकी भिसा प्रयोग गर्दै आइरहेका छन् ।