क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा

न्युज कारखाना  |  खेलकुद  |  आश्विन १३, २०७८

नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् । 

'आजको मितिबाट हामी  क्यानबाट अलग हुने निर्णय लिएका छौँ । आजसम्मको सहयोगको लागि धन्यवाद', प्याकुरेलले भने ।

प्याकुरेलले क्रिकेट उपलब्धिको लामो यात्रा रहेको बताउँदै आफूहरू क्यानमा नरहने बताए । उनले अहिले नै आफूहरू आउने वा न आउने केही निर्णय नभएको र बाहिरै बसेर क्रिकेटको विकासका लागि काम गर्ने बताए । यस्तै, उनले पद ओगटेर बस्नेभन्दा काम गर्न अन्यलाई स्थान दिने बताए । 

मंगलबार क्यान कार्यसमिति आएको २ बर्ष पूरा भएको थियो । २ वर्षअघि ११ मंसिरमा चतुरबहादुर चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । 

क्यानका प्रवक्तासमेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहसँग सम्बन्ध बिग्रिएको चर्चा छ ।